बझाङमा युवक हत्या प्रकरण : हत्यारालाई कारवाही गर्न माग गर्दै धनगढीमा प्रदर्शन

बझाङमा युवक हत्या प्रकरण : हत्यारालाई कारवाही गर्न माग गर्दै धनगढीमा प्रदर्शन

धनगढी । बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। 

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्।

अमृत सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । छबिस पाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा छबिस पाथिभेरा २ का वडाध्यक्ष विकास ऐडी, स्थानीयवासी प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।