काठमाडौं–तराई द्रुत मार्गमा १७ अर्ब १७ करोड खर्च, कति भयो प्रगति ?

काठमाडौं–तराई द्रुत मार्गमा १७ अर्ब १७ करोड खर्च, कति भयो प्रगति ?

नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग सडकखण्डमा १७ अर्ब ८३ करोड करोड रुपैयाँ खर्च भएको छ ।नेपाली सेनाले यो आर्थिक बर्षको पुष मसान्तसम्म वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र  वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत काम भएको र वित्तिय तर्फ ९.५२ प्रतिशत खर्च भएको नेपाली सेनाले जनाएको छ । आयोजनाको समस्टिगत छैटौं चरणमा चलिरहेको छ । 

संरचनागत प्रगति तर्फ कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलहरूको लम्बाइ १०.५९ कि.मी. भएको सेनाले जनाएको छ  ।सुरुङ्ग निर्माण सम्बन्धी जियोटेकनिकल तथा  जियोलजिकल इन्भेष्टिगेसन कार्यको लागि राष्ट्रिय परामर्शदाता छनौट भई कार्य सुचारु  भएको जनाएको छ ।

जियो इन्भेष्टिगेसनअन्तर्गत महादेवटार ९९०, धेद्रे ९५० र लेनडांडा ९४० गरी  कुल १८ गोटा बोर होल्स डिलिङ सम्पन्न हुनुका साथै भएको सेनाले जनाएको छ ।७२.५ कि.मी. लामो  द्रुतमार्ग बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर-काठमाडौं-मकवानपुर-बारा) हुँदै निजगढलाई अन्तिम विन्दुको रुपमा प्रस्ताव गरेको छ । लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसके पछी पनि स्वीकृती हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा हुन भएको सेनाले जनाएको छ