खप्तड घुम्न ‘हेली टुर’ सुरु, मुख्यमन्त्रीसहित ३ मन्त्री पनि खप्तड पुगे

खप्तड घुम्न ‘हेली टुर’ सुरु, मुख्यमन्त्रीसहित ३ मन्त्री पनि खप्तड पुगे

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा  ‘हेली टुर’ सुरु भएको हो ।

आज पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै २० जना खप्तडमा पुगेका छन् ।

खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काले हिउँदे यामको दृश्य कैद गर्न इच्छुकहरूका लागि ‘हेली टुर’ सुरु गरिएको जानकारी दिए ।

खड्काले हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताए । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याईएको छ ।