अछाम । कोदोको प्याकेजिंग र बजारिकरणका लागि कृषि ज्ञान केन्द्र मंगलसेन अछामद्धारा चौरपाटी गाउँपालिकालाई प्लाष्टिक प्याकेजिंग ब्याग हस्तान्तरण गरिएको छ ।
कृषि ज्ञानकेन्द्र मंगलसेनको ८५ प्रतिशत अनुदान र गाउँपालिकाको १५ प्रतिशत अनुदानमा कृषि ज्ञानकेन्द्र मंगलसेन कृषि प्रसार अधिकृत प्रमोद चौधरीले ५, १० र १५ के.जी का गरी २ हजार चार सय प्याकेजिंग ब्याग गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदलाई हस्तान्तरण गरेका छन ।
हस्तान्तरण ब्यागमा अर्गानिक कोदोको परिकार खाऊँ,, स्वच्छ जीवन बिताऊँ,, नारा लेखिएको छ । ब्यागमा चालु आर्थिक बर्ष २०७७÷७८ को वार्षिक कोदो अनुदान कार्यक्रम अन्र्तगत फलेको कोदो कुटेको धान सँग सटनी गरेको थियो ।
सटनीबाट चौरपाटी गाउँपालिकाका सात वटै वडाका कृषकबाट १५५ कुन्टल ५० कि।लो कोदो संकलन गरिएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद जानकारी दिए । संकलित कोदो गाउँपालिकाको रुपमा तराईका जिल्ला कैलाली, कञ्चनपुर देखि काठमाण्डौ सम्म पठाउने गाउँपालिका अध्यक्ष साउदले बताए ।
फलेको कोदो कुटेको धान सँग सटनी गर्दा कृषकमा थप हौसला भएको कृषकहरुको भनाई रहेको छ । प्रति कट्टा छ सय का दरले विक्रि भएको कोदो यो बर्ष चामलसँग सटनी गर्न पाउँदा कृषकलाई राहत भएको चौरपाटी गाउँपालिकाका कृषि शाखा प्रमुख झप्पर भुलले जानकारी दिए ।