सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस लम्बिएपछि बुधबार १०औं दिनको बहस सकिँदै गर्दा प्रधानन्यायाधीश राणाले अब १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेका हुन् ।उनले अहिलेकै अवस्थाले मुद्दा टुंगिन लामो समय लाग्ने भन्दै बढीमा १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेको जानकारी दिए ।
प्रधानन्यायाधीश राणाले अझैं सात वटा मुद्दामा सुनुवाइ हुन बाँकी रहेको स्मरण गराउँदै समयको ख्याल गर्न आग्रह गरे ।आजै सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लले पनि रिट निवेदकलाई बहस कहिलेसम्म लम्ब्याउने भनेर प्रश्न गरेकी थिइन् ।
आज वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, युवराज संग्रौला र हरिहर दाहालले मात्र बहस गरेका थिए । ३०० जना अधिवक्ताहरूले वकालतनामा लेखाएका छन् ।