चोरी मुद्धाका फरार प्रंतिवादी २३ वर्षपछि पक्राउ

चोरी मुद्धाका फरार प्रंतिवादी २३ वर्षपछि पक्राउ

धनगढी : चोरी मुद्धाका फरार प्रंतिवादी २३ वर्षपछि पक्राउ परेका छन । चोरी मुद्धामा सजाए तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका, ८ का ४४ वर्षिय सियाराम चौधरीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो । 

चौधरीलाई जिल्ला अदालत कैलालीले २०५२ साल असार २० गते २७ दिन कैद र ८ हजार ४ सय ७५ रुपैया जरिवाना सजाय तोकेको थियो । 

पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा उपस्थित गराई कैद जरिवाना असुल उपरका लागि कैलाली कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए ।