लागुऔषध ब्राउन सुगरसहित कैलालीमा महिला पक्राउ

लागुऔषध ब्राउन सुगरसहित कैलालीमा महिला पक्राउ

धनगढी । कैलाली जिल्लाको जोशीपुर गाउँपालिका बाट लागुऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छन । प्रहरीले जोशीपुर गाउँपालिकाको वडा नम्बर २ मिलनटोलबाट ३२ वर्षीया अनिता भाटलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बिक्री वितरणका लागि घरमा लुकाई छिपाई राखेको २० ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित भाटलाई पक्राउ गरिएको जानकारी दिए ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घरबाट प्लाष्टिक भित्र ६ वटा पुरीया बनाई बाँधी राखीएको खैरो हेरोईन बरामद गरेको हो ।

पक्राउ परेकी उनीमाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।