बलात्कार आरोपमा पक्राउ परेका अर्जुन ५० हजार धरौटीमा रिहा

बलात्कार आरोपमा पक्राउ परेका अर्जुन ५० हजार धरौटीमा रिहा

किशोरीलाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सामाजिक सञ्जालमा भाइरल अर्जुन बिक धरौटीमा छुटेका छन्।

जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार बिक छुटेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। 

बिक जिल्लाको भजनी नगरपालिका–४ बाट १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको जाहेरीपछि बिकलाई कैलाली प्रहरीले पक्राउ गरेको थियो।

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि बिक भाइरल बनेका थिए। बिकमाथि जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोग लगाइएको छ। 

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा समेत खेलिसकेका छन्।