नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १८ दशमलव ७६ अंकले बढेर २४४१ दशमलव ८५ बिन्दुमा पुगेको छ । कुल २०८ कम्पनीको एक करोड ५२ लाख कित्ता शेयर आठ अर्ब रुपियाँमा किनबेच भएको छ । जसमध्ये ९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको मूल्य घटेको छ। तर, १८ कम्पनीको मूल्य स्थिर रहेको छ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै, आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९६ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत र नेसनल हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशतले बढेको छ।

यस नेपाल लाइफक इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ९३ करोड ३४ लाख रुपिया“ बराबरको शेयर कारोबार भएको छ । समग्र परिसूचक वृद्धि भएको दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ९३ अंकले घट्दै ४५० बिन्दुमा झरेको छ ।