शालीनदीमा डिजिटल ‘क्यूआर कोर्ड’ मार्फत भक्तजनले दान गर्न सक्ने

शालीनदीमा डिजिटल ‘क्यूआर कोर्ड’ मार्फत भक्तजनले दान गर्न सक्ने

प्रसिद्ध धार्मिकस्थल शालीनदीमा अब डिजिटल ‘क्यूआर कोर्ड’ माध्यम भेटी दान गर्न सकिने भएको छ । माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्षको मेलालाई लक्षित गर्दै धार्मिकस्थलमा डिजिटल दान प्रणालीको व्यवस्था गरेको हो ।समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा धार्मिकस्थल परिसरमा डिजिटल, क्यूआर कोर्ड स्क्यानरको व्यवस्था गरेको छ । ईसेवासँगको सहकार्यमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले समितिलाई उक्त क्युआर कोड उपलब्ध गराएको हो । 

उक्त कोर्ड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट समितिमा सहयोग गर्न सकिने संस्थाले जनाएको छ । योसँगै अब समितिलाई आर्थिक सहयोग गर्न चाहने जो कोहीँ भक्तजनले डिजिटल माध्यमबाट सहयोग रकम भूक्तानी गर्न सक्ने भएका छन् । त्यसो त आयोजक समितिले समेत सहयोग गर्न चाहने ब्रतालु भक्तजनहरुलाई नगद भन्दा डिजिटल माध्यमबाटै सहयोग गर्न अनुरोध गरेको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने सालीनदी मेलाको आज विधिवत रुपमा शुरुवात भएको छ । यद्यपी हरेक वर्ष अयोजना आयोजना गर्दै आएको मेला यस वर्ष भने कोभिड–१९ का कारण निश्चित केहीँ मापदण्ड र कार्यविधि बनाएर सञ्चालन गर्न लागिएको मेला आयोजक समितिले जनाएको छ ।