सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सारथी अस्पतालको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सारथी अस्पतालको साथ

धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । 

स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्ड विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल लाईफटाईम अचिभमेन्ट अवार्ड रहने छ । खेलकुद क्षेत्रमा जीवन समर्पण गरेका र सुदूरपश्चिमको खेलकुद विकासमा अतुलनीय योगदान पुराएका खेलकुद क्षेत्रका व्यक्तित्वलाई यो अवार्ड दिईनेछ । 

यो विधाका विजेतालाई  नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्लो बर्ष पनि सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको थियो । अघिल्लो बर्षको सफल आयोजनापछि यसपाली भने सारथीले विधा प्रायोजन गरेर अवार्डलाई सफल पार्न साथ दिएको छ । 

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष श्रवण देउवाले हस्ताक्षर गरे । अवार्डमा अघिल्लो बर्षदेखि जोडिएकोमा यसपाली विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई पनि साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए ।

उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लाईफ टाईम अचिभमेन्ट अवार्डका विजेतालाई अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य उपचारको निशुल्क गर्ने उनले घोषणा गरे । 

धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । धनगढीमा सारथी अस्पताल खुलेको सवा एक बर्ष भएको छ । तीन जना चिकित्सक सहित आठ जनाले मिलेर खोलेको अस्पतालले फरक उपचार दिईरहेको छ ।

भित्र जाने वित्तिक्कै वातानुकुलितले फरक अनुभुति दिने गरेको छ । चिसोको समय र गर्मीको समयमा अस्पतालभित्र पुरै एसी जडान गरिएका कारण विरामीहरुलाई यसले अझ सहज पारेको छ । अस्पतालमा २७ वटा एसीहरु जडान गरिएका छन् । एसी जडान गरिएका कारण अहिलेको चिसो समयमा विरामी र कुरुवाको लागि कपडा ल्याउनुपर्ने र चिसोले सताउने समस्या नरहेको अस्पतालमा सात दिनदेखि बसिरहेका विरामीका कुरुवा तिर्थ बानियाँले बताए । 

विरामीका कुरुवाका लागि पनि एसीयुक्त भवनभित्र सुत्ने व्यवस्था गरिएको छ । बाहिर अहिले चिसोका कारण कठ्याङग्रिने अवस्था भएपनि अस्पतालभित्र पुगेपछि विरामी र कुरुवालाई राहत हुने गरेको छ । एसीका कारण जाडाको समस्या नहुनुका साथै छिटो र सस्तो मुल्यमा शल्यक्रिया पनि सारथीले अस्पतालले गरेको जटिल शल्यक्रिया गरेका सन्जु चौधरीका बुबा कुन्नु चौधरीले बताए ।

अस्पतालका अनुसार अस्पतालका सवै वार्डहरुमा एसी लगाईएको छ । यो सुविधा २४ सैं घण्टा रहेको छ । यसले श्वासप्रश्वास, मुटु, कलेजो, फोक्सो लगायतका समस्या भएका विरामीलाई निकै राहत पुग्ने गरेको छ । 
सारथी अस्पतालले बाँझोपन र सिकलसेल हेमाटोलोजी सेवा दिईरहेको छ । अस्पतालमा मुटुको भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । यो सेवा सुदुरपश्चिममा अन्त नरहेको अस्पतालको दावी छ ।

अस्पतालमा मुटु सम्बन्धी सेवाहरु विस्तार गर्ने तयारी थालिएको छ । अस्पतालमा आगामी दिनमा नयाँ नयाँ सुविधाहरु सहित सेवा विस्तार गर्ने योजना अनुसार अगाडी बढिरहेको अस्पतालका अध्यक्ष वेद जोशीले बताए । 

आगामी चैत ६ गते धनगढीमा हुने सुदूरपश्चिम स्पोर्टस अवार्ड विभिन्न ९ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । त्यसैगरी पिपुल च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा पनि अवार्ड वितरण गरिनेछ । ७ वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

अवार्ड अन्तर्गतको बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सले प्रायोजन गरेका छन् । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा धनगढी उप महानगरपालिका प्रबद्र्धकको रुपमा रहेको छ । अन्य प्रायोजकहरु र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो ।

पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।