कृषि ज्ञान केन्द्र कञ्चनपुर को स्थलगत घुम्ती तालिम सञ्चालन

कृषि ज्ञान केन्द्र कञ्चनपुर को स्थलगत घुम्ती तालिम सञ्चालन

कञ्चनपुर । कञ्चनपुरमा कृषकहरुले लगाएका विभिन्न बालीमा स्थलगत घुम्ती तालिम सञ्चालन गर्न थालिएको छ । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको समन्वयमा तालिम सञ्चालन गर्न थालेको हो । 

कञ्चनपुरमा तरकारी, फलफूल, मसला, उखु, धान, दलहन लगायतका बालीका बारेमा सम्बन्धित किसानलाई विस्तृत जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गर्न थालिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले बताए ।

बिहीबार कञ्चनपुरको बेलडाँडी गाउँपालिका (३ वैवाहमा तरकारी बाली सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।