शहीदगेटमा शहीदको खोजी

शहीदगेटमा शहीदको खोजी

परिवर्तनका लागि ज्यानको आहुति दिने शहीदको सम्झनामा आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी देशभर शहीद दिवस मनाइँदैछ । सो अवसरमा आज विवेकशील साझा पार्टीको भातृ संगठन नवयुवा सञ्जालले काठमाडौँको शहीदगेटमा साहित्यिक नाटक आयोजना गरेको छ ।

जनताको मुक्ति र निरंकुशतन्त्र अन्त्यका लागि ज्यानको बलि दिनेहरुको सम्मान र सम्झनामा शालिकमा माल्यार्पण गरी साहित्यिक नाटक शुरु गरिएको सञ्जालले जनाएको छ ।सञ्जालका उपाध्यक्ष सौरभ न्यौपाने,अभियान बिभाग प्रमुख रमेश श्रेष्ठ, बाग्मती प्रदेशसभा सदस्य शोभा शाक्यलगायतको उपस्थितिमा साहित्यिक नाटक गरिएको आयोजकले जनाएको छ ।

सो अवसरमा साझा पार्टीका नेता तथा कार्यकर्ताले ‘म मरेपनि मेरो देश बाँची रहोस् १’, ‘शहीदको सपना युवाको सपना’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलनका दौरान बिभिन्न कालखण्डमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा बि।सं २०१२ सालदेखि प्रत्येक वर्ष माघ १६ गते मनाइँदै आइएको शहीद दिवस यसवर्ष पनि बिभिन्न कार्यक्रमसहित मनाइँदै छ ।