कञ्चनपुरमा आगलागी हुदा ६ लाख बढीको क्षति

कञ्चनपुरमा आगलागी हुदा ६ लाख बढीको क्षति

कञ्चनपुर ।  कञ्चनपुरमा पसल र कुखुरा फार्ममा आगलागी हुँदा झण्डै साढे ६ लाख बराबरको क्षति भएको छ।

जिल्लाको दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भीमदत्त नगरपालिका–१८ शिवपार्वती टोलस्थित सुरेश बोगटीको टिनले छाएको किराना पसलमा विद्युतको तार सर्ट भइ आगलागी भएको बताए।

उनले आगलागीबाट सामान र पसल जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको दिनेशखबरलाई बताए। प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।

यस्तै, दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोज बस्ने महेन्द्रबहादुर चन्दको खरले छाएको पोल्टी फार्ममा पनि आगलागीबाट झण्ढै डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। चन्दको फार्ममा रहेका करिब ४ सय कुखुराका चल्ला मरेको, ४ कठ्ठा दाना र पोल्टी फार्म जलेर नष्ट भएको छ।