बझाङमा भीरबाट खसालेर १ जनाको हत्या, संलग्न १ पक्राउ

बझाङमा भीरबाट खसालेर १ जनाको हत्या, संलग्न १ पक्राउ

बझाङ । बझाङमा भीरबाट खसालेर एकको हत्या गरिएको छ। भने हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । 

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षीय रमेश बोहराको हत्या गरिएको हो। उनलाई भीरबाट खसाल्ने ३३ वर्षीय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले मादक पदार्थ सेवन गरेका बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खडकाले बताए।

रमेश बोहरालाई भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले बताएको छ।