विरोध सभालाई मध्यनजर गर्दै धनगढीको सुरक्षा व्यवस्थामा कडाइ

विरोध सभालाई मध्यनजर गर्दै धनगढीको सुरक्षा व्यवस्थामा कडाइ

धनगढी । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्ने भएकोले विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आउने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ।

बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्। प्रहरीले शंकास्पल व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ।