चौदण्डीगढीलाई आधा दर्जन गोलअन्तरले हराउँदै विराटनगर शीर्ष तीनमा

चौदण्डीगढीलाई आधा दर्जन गोलअन्तरले हराउँदै विराटनगर शीर्ष तीनमा

राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले चौदण्डीगढीमाथि ६.० गोल अन्तरले जित निकालेको हो।

विराटनगरको जितमा अनु राईले दुई गोल गर्दा इमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले समान १/१ गोल गरे। खेलको २१ औं मिनेटमा एपीएफलाई अग्रता दिलाएकी अनुले ३६ औं मिनेटमा दोस्रो गोल गरिन्। त्यस्तै ३९ औं मिनेटमा इमा र ४३ औं मिनेटमा मनिषाले गोल गर्दा पहिलो हाफमा विराटनगर चार गोलले अघि रह्यो।

दोस्रो हाफमा कुशुम र पार्वतीले गोल थपे। कुशुमले खेलको ८२ औं मिनेटमा गोल गर्दा त्यसको अर्को मिनेटमा नै पार्वतीले गोल थपिन्। चौदण्डीगढीले गोल फर्काउन नसक्दा खेल विराटनगरले आधा दर्जन गोलले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ७ अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीले भने प्रतियोगितामा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन्।आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र एपीएफ भिड्ने छन्।