सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने ताकत छ : प्रचण्ड

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने ताकत छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेमा संसदको बैठक बोलाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तागत आफूहरुसँग भएको दावी गरेका छन् । 

प्रचण्ड नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गर्दै नभए सभामुख मार्फत प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी दिएका हुन् । प्रचण्डले यसअघि पनि अदालतको विषयमा टिप्पणी गर्दै आइरहेका छन् । 

‘सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ, संविधान हेरेर फैसला गर्छ भन्ने विश्वास छ । हामी सदन बोलाउँछौ, संसद बैठक बोलाएर ओलीलाई कारवाही गर्ने ताकत छ,’ प्रचण्डले भने, ‘हामी, कांग्रेस र जसपाले असंवैधानिक भनेका छन् । संसद बैठक बोलाएर संविधान र राष्ट्रघातको विरुद्ध कार्वाही गर्ने हैसियत राख्छ ।’ 

प्रचण्डले आफ्नै बुद्धि र कर्मले कलंकको टीका लगाएर ओली पतनको बाटोमा हिँडिरहेको आरोप लगाए ।