भ्रष्टाचारको अगुवा प्रधानमन्त्री ओली नै हुन् : भीम रावल

भ्रष्टाचारको अगुवा प्रधानमन्त्री ओली नै हुन् : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहको सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

७० करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार गर्नेलाई ओलीले संरक्षर गरेको बताएका छन् । साथै प्रधानमन्त्री ओलीले विस्तार गरेको १५ सय १ जनाको केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले अस्वीकार गरेको बताउँदै रावलले केन्द्रीय कमिटीलाई सडकछाप बनाएको दावी गरे। 

नेता रावलले प्रधानमन्त्री ओलीले विदेशीका लागि नागरिकता दिलाउन खोज्दा आफूहरुले रोकेको दावी गरे। संयुक्त सैनिक अभ्यास गराउन खोज्दा रोकेको पनि सुनाए। त्यसैलाई लिएर असहयोग गरेको ओलीले आरोप लगाउँदै आएको दावी गरे।

ओलीलाई भगुवा भन्दै कटू आलोचनामा उत्रिएका रावलले पार्टी बैठकदेखि प्रतिनिधिसभाबाट समेत भागेको आरोप लगाए।