विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरीः राप्रपाका वरिष्ठ नेता बेहोरा

विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरीः राप्रपाका वरिष्ठ नेता बेहोरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।उहाँले त्यसो हुननसके हिन्दु राष्ट्रका लागिजनमत संग्रह गर्नुपर्ने बताउनु भयो ।

“चार–पाँचवर्ष पहिले सडकबाट गणतन्त्रको विरोधमा नारा लगाउने परिकल्पना गर्न सकिदैनथ्यो, तर अहिले जनताले निराशाको अभिव्यक्ति सडकबाट गरिरहेको छ, गणतन्त्रको विरोधमा सडकमा नारा घन्किएको छ । स्वतःस्र्फुत रुपमाखासगरी युवाजमातले यस्ता नारा लगाएका छन्”–बोहोराले भन्नु भयो ।प्रधानमन्त्री केपिशर्मा ओलीको कदमअदालतले सदर गरे निर्वाचनमाजानु नै उत्तमविकल्पहुने उहाँले बताउनु भयो । राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ ले मानपकडीमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई संबोधनगर्दै नेता बोहोराले भन्नु भयो– “अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो ।” जनताले पनि ताजाजना देश खोजेको उहाँको भनाइ रहेको थियो ।

प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको र अदालतको निर्णय सबैले मान्नुपर्ने उहाँले बताउनु भयो । तर संसद पुनस्र्थापनाभएपुनःफोहोरी खेल सुरु हुने बोहोराले औल्याउनु भयो । निर्वाचनको लागि राप्रपाले तयारी थालिसकेको बोहोराले बताउनु भयो । उहाँले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसो हुननसके हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताउनु भयो । “चार–पाँचवर्ष पहिले सडकबाट गणतन्त्रको विरोधमा नारा लगाउने परिकल्पना गर्न सकिदैनथ्यो, तर अहिले जनताले निराशाको अभिव्यक्ति सडकबाट गरिरहेको छ, गणतन्त्रको विरोधमा सडकमा नारा घन्किएको छ ।

स्वतःस्र्फुत रुपमा खासगरी युवाजमातले यस्ता नारा लगाएका छन्”–बोहोराले भन्नु भयो ।हिन्दु राष्ट्र र राजालाई स्थान दिए मुलुकको समस्या समाधानहुने उहाँले दावीगर्नु भयो । “सक्रिय राजा हामीले खोजेका छैनौं, राजालाई यही संविधानको मातहतमा रहेर एक किसिमको आलंकारिक र धार्मिक वाकुनै प्रकारको राष्ट्राध्यक्ष बनाउन खोजिएको हो, अहिले राष्ट्रपतिको गतिविधि पार्टीले अह्राएकोमा मात्रै सीमित छ”–उहाँले भन्नु भयो ।एक मात्रहिन्दु राष्ट्र नेपाललाई सुनियोजित ढंगले पश्चिमा मुलुकको दबाबमा धर्मनिरपेक्षता ल्याइएको र तीव्र गतिमा धर्म परिवर्तन गराइएको उहाँले बताउनु भयो ।
पुर्व गृहमन्त्री एवं राप्रपाका नेता निरन्जन थापाले राप्रपाले चुनाव प्रचार सुरु गरिसकेको बताउनु भयो । संविधानको विशेषता संसद विघटन गर्ने नभएको भन्दै उहाँले तर विघटन भैसकेकाले आफ्नो दलले चुनावमा जाने तयारी गरेको बताउनु भयो ।राप्रपा लुम्बिनी प्रदेशका संयोजक प्रदिप उदयले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र स्थापना नभएसम्म मुलुकले निकास नपाउने दावीगर्नु भयो ।सभालाई नेताहरु शंकर खत्री, प्रेमबहादुर कुँवर, दिपक बुढाथोकी, निरन्जन बम, कृष्ण बहादुर थापा, पुष्पराजथारु, मानबहादुर रसाइली लगायतले संबोधन गर्नु भएको थियो ।