बेहाल भो सडकमा सयौँ जिन्दगीहरू

बेहाल भो सडकमा सयौँ जिन्दगीहरू

बेहाल भो सडकमा सयौँ जिन्दगीहरू।
मालिक, दास जस्तै भयौँ जिन्दगीहरू।

ताण्डब नृत्यमा रमाउदै होस गुमाएछौ,
भविष्य भनी प्रेतसँगै गयौँ जिन्दगीहरू।

समय निकै अगाडि गैसकेछ हामी भने,
रमाउदै आत्मरतिमा रह्यौँ जिन्दगीहरू।

छाती छमेर भन्नुस् हाम्रा सपनाहरू ती,
साँच्चै कति पटक सम्झ्यौँ जिन्दगीहरू।

चिन्ता छैन अविरल यात्रा हो जिन्दगी, 
छुट्टिन्छन भेट्टिन्छन कयौँ जिन्दगीहरू।


२०७७/१०/१७ महेन्द्रनगर