विकट बस्तीलाई सहर कसरी भन्न सक्छौ

विकट बस्तीलाई सहर कसरी भन्न सक्छौ

विकट बस्तीलाई सहर कसरी भन्न सक्छौ।
यो नदी हो, तिमी नहर कसरी भन्न सक्छौ।

तिम्रो बिर्ता हो र नेपाल जहिले दाबी गर्छौ,
ढुकुटी रित्याऊ भर घर कसरी भन्न सक्छौ।

कहिले दिएको अधिकार सम्हाल्न नसक्ने,
नेपाली जनता लड मर कसरी भन्न सक्छौ।

आफ्ना स्वार्थका खातिर जनता झुक्याएर,
यहीँ हो मुक्तिको सफर कसरी भन्न सक्छौ।

उनको पनि अधिकार कुण्ठित हुन सक्छ,
भक्तहरूले भक्ति नगर कसरी भन्न सक्छौ।

२०७७/१०/१४ महेन्द्रनगर