आइतबार कैलाली उद्योग वाणिज्य संघले ५० औ स्वर्ण जयन्ती मनाउँदै, रक्तदान देखी दीप प्रज्वलन सम्म

आइतबार कैलाली उद्योग वाणिज्य संघले ५० औ स्वर्ण जयन्ती मनाउँदै, रक्तदान देखी दीप प्रज्वलन सम्म

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आइतबार ५० औ स्वर्ण जयन्ती मनाउने भएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै उद्योग वाणिज्य संघले आफ्नो ५० औ स्थापना दिवसको अवसरमा आइतबार स्वर्ण जयन्ती मनाउने जनाएको छ ।

संघको ५० औ वर्ष पुरा भएको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरी मनाइने कैलाली उद्योग वाणिज्य सघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

वर्षभरि व्यवसाय र सामाजिक क्षेत्रमा आफूहरूले काम गदै जाने उनले जानकारी दिए । रेडक्रस सँग समन्वय गरेर भ्यान्टीलेटर सहितको एम्बुलेन्स सञ्चालन गर्न तयारीमा रहेको उनले बताए । उद्योग वाणिज्य सघको नयाँ सरचनाहरु पनि थप गर्न र सालिकहरू निर्माण गरिने समेत जानकारी दिए ।

उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसर पारेर आइतबार बिहान साढे ८ बजे संघको कार्यकक्षमा रक्तदान गर्न, १० बजे चौराहाबाट प्रभात फेरी रेयाली, साढे १२ बजे स्वर्ण जयन्तीको आयोजना गर्न र साँझ ६ बजे पार्क मोडमा दीप प्रज्वलन गर्न तयारी रहेको जनाएको छ ।