सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।