प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकको बहस सकियो, भोलीदेखि सरकारी पक्षले बहस गर्ने

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकको बहस सकियो, भोलीदेखि सरकारी पक्षले बहस गर्ने

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनकका तर्फबाटका कानुन व्यवसायीहरूको तर्फबाटको बहस सकिएको छ । माघ ४ गतेदेखि सुरु भएको निरन्तर बहस १३ दिनमा निवेदकका तर्फबाट सकिएको हो ।

१३ रिट निवेदककातर्फबाट संवैधानिक इजलासमा करिब ७० कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट २ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका थिए ।

रिट निवेदककातर्फको बहस सकिएपछि सोमबारदेखि विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाटका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

महान्यायाधीवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री ओलीकोतर्फबाट निजी वकिलहरूले बहस गर्नेछन् ।