आज पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको दिन, कालो दिनका रुपमा स्मरण गरिँदै !

आज पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको दिन, कालो दिनका रुपमा स्मरण गरिँदै !

काठमाडौं । आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन। यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो। आफैंले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रीपरिषद् गठनको घोषणा गरेका थिए। त्यसलगत्तै राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो।

तर सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादी, शान्तिपूर्ण आन्दोलन गरिरहेका ७ राजनीतिक दल र नागरिक समाजले त्यहि वर्षको फागुन अन्तिम हप्तादेखि शुरु गरेको दोश्रो जनआन्दोलनको बलमा ज्ञानेन्द्र आफूले हत्याएको कार्यकारी अधिकार संसदलाई बुझाउन बाध्य भएका थिए।

त्यही संसदले २ सय ४० वर्षको इतिहास भएको राजतन्त्रलाई अन्त्य गरेको थियो। राजतन्त्रात्मक व्यवस्थाको खारेजी र संघीय गणतन्त्रात्मक व्यवस्थाको सुरुआतका लागि पूर्वराजा ज्ञानेन्द्रको यो ‘कू’ निकै नै महत्वपूर्ण रहेको मानिन्छ।

त्यतिबेला टेलिफोन लाइनसमेत काटिएको थियो र सन्चारगृहमा सेना परिचालन गरिएको थियो।

त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा जुटेको छ। तर अझै पनि परिवर्तन संस्थागत गर्न दल र नेताहरुको भूमिका हुनुपर्ने जस्तो नभएको भन्दै नागरिकले चिन्ता व्यक्त गरिरहेका छन्।