भारतमा आज पेपरलेस बजेट ल्याइँदै

भारतमा आज पेपरलेस बजेट ल्याइँदै

भारतमा प्रत्येक वर्षजस्तै यस वर्ष १ फ्रेबुअरी अर्थात् आज यो आर्थिक वर्षका लागि बजेट ल्याइँदैछ । यो पेपरलेस बजेट हुने बताइएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतरमणले आज बजेट प्रस्तुत गर्न लागेकी हुन् । 

केही दिनअघि निर्मलाले एउटा बजेट एप सार्वजनिक गरेकी थिइन् । आज बजेटबारे सम्पूूर्ण जानकारी त्यही एपमा राखिने भएको हो । भारतमा पेपरलेस बजेट आउन लागेको यो पहिलो पपटक हो । 

लोकसभामा निर्मलाले स्थानीय समयअनुसार ११ बजे बजेट पेश गर्दैछिन् । यो उनको तेस्रो बजेट हुनेछ ।

कोरोना महामारी सुरु भए पछि आउन लागेको यो भारतको पहिलो बजेट हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो बजेटले कोरोना तथा लकडाउनका कारण परेको प्रभाव कम गर्न सहयोग हुने अपेक्षा गरेका छन् ।