संसद विघटन मुद्दामा आजदेखि सरकार पक्षको बहस

संसद विघटन मुद्दामा आजदेखि सरकार पक्षको बहस

काठमाण्डौ ।  संसद विघटनको मुद्दामा सरकार पक्षको बहस आजदेखि सुरू हुँदैछ।

संसद विघटनसम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएको छ। आजदेखि विपक्षीको बहस सुरु हुने भएको हो। 

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका छन्।

संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन्। सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन्।

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।