लागु औषधसहित कञ्चनपुरमा एक जना पक्राउ

लागु औषधसहित कञ्चनपुरमा  एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर लागु औषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ खैरीघाटमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रिय अनुसन्धान समूह (आरटीआई) मातहतबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर बस्ने अन्दाजी ५७ वर्षीय टिकाबहादुर केसीलाई लागुऔषध सहित पक्राउ गरेको हो।

खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताए।