म्यानमार : सेनाले सत्ता हातमा लिएसँगै वित्तीय संस्था र इन्टरनेट सेवा अवरुद्ध

म्यानमार : सेनाले सत्ता हातमा लिएसँगै वित्तीय संस्था र इन्टरनेट सेवा अवरुद्ध

काठमाण्डाै ।  म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् ।

बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमलेसमेत काम नगरेको त्यहाँका उपभोक्ताले बताएका छन् । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमलेसमेत काम नगरेको उनीहरुको भनाइ छ । केही बैंकहरूले हिजोदेखि नै अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द भएको घोषणा गरेका छन् । 

इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंकबाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको छ । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्कविच्छेद गराइदिएका छन् । म्यानमारमा नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।  

केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । ​