महिला लिग फुटबल : वालिङ र चन्द्रपुर भिड्दै

महिला लिग फुटबल : वालिङ र चन्द्रपुर भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलवार) वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ ।

आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।