सिमसार क्षेत्रलाई जोगाउन सबै एकजुट हुनु पर्छ :वन मन्त्री आले

सिमसार क्षेत्रलाई जोगाउन सबै एकजुट हुनु पर्छ :वन मन्त्री आले

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अधिक्रमण हुने तथा नासिदै गएकाले ती क्षेत्रको संरक्षमा सबैले लाग्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज आयोजना गरेको विश्व सिमसार दिवसको अवसरमा मन्त्री आलेले हाम्रा संस्कृतिको पहिचान गर्न तथा जैविक बिबिधताको संरक्षणका लागि भएपनि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउन लाग्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिमसार क्षेत्र मासिदै गएका छन्, वन्यजन्तु, चराचुरुङ्गीको संरक्षणका लागि भएपनि सिमसार जोगाउनु जरुरी भएको छ ।”यसैगरी वन तथा वातावरण मन्त्री आलेले सिमसार क्षेत्र संगसंगै राष्ट्रपति तराइँ चुरे संरक्षण क्षेत्रपनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी भएको बताउनुभयो ।

सो कार्यक्रममा मन्त्री आलेले सिमसार क्षेत्र तथा राष्ट्रपति तराइँ चुरे संरक्षणका लागि मन्त्रालयले अहम भुमिका खेली रहेको बताउनुभयो । सिमसार क्षेत्र तथा चुरे क्षेको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै वन तथा वातावरण सचिब डा। विश्वकान्त ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट बिभिन्न प्रयासहरु जारी रहेको जानकारी दिनुभयो ।