'केजिएफ २' हेर्न राष्ट्रिय बिदाको माग !

'केजिएफ २' हेर्न राष्ट्रिय बिदाको माग !

साउथ स्टारर  यश अभिनित बहुप्रतिक्षित फिल्म केजीएफ च्याप्टर २ ले सुरुवाती चरण देखि चर्चा कमाउदै आएको छ । निमार्णको सुरुवात देखि रिलिज मिति सार्वजनिक हुदा सम्म केजीएफ २ ले अनपेक्षित चर्चा परिचर्चा कमाईरहेको छ । 

गत ७ जनवरीमा रिलिज भएको  टीजरले त चर्चा मात्र नभई रेकर्ड नै तोड्यो । केही दिन अघि रिलीज मिति सार्वजनिक भएसँगै फिल्म र यशको चचौ अझै चुलिएको छ । यता अभिनेता यशका प्रशंसकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग राखेका छन् ।

यश फ्यान ग्रुपुले ट्विटरमा एक पत्र लेख्दै भारतीय प्रधानमन्त्री समक्ष सो दिन राष्ट्रिय बिदा मागेका भारतीय संञ्चारमाध्यमले जनाएका छन् । 

पत्रमा लेखिएको छ "हामी सबैलाई थाहा छ यशको बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ। दर्शकहरु फिल्म हेर्न व्यग्र प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं। यो फिल्ममात्र हैन, यो हाम्रो भावना हो। हाम्रो भावना बुझ्ने प्रयास गरिदिनु होला।"

फिल्म आगामी जुलाई १६ मा  हिन्दी, तमिल, तेलगू र मलयालम भाषामा सार्वजनिक हुनेछ।यश र संजयबाहेक श्रीनिधि शेट्टी र रविना टंडन फिल्मका मुख्य कलाकार हुन्। फिल्ममा अनन्त नाग, प्रकाश राज, माल्भिका अविनाश, अच्युत कुमार र अर्चना जोइस सहायक कलाकारका रुपमा देखिनेछन्।