सूचना बाझियो: दार्चुला प्रशासन भन्छ, 'कुनै नयाँ पहिरो गएको र महाकाली नदी थुनिएको छैन !'

सूचना बाझियो: दार्चुला प्रशासन भन्छ, 'कुनै नयाँ पहिरो गएको र महाकाली नदी थुनिएको छैन !'

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला र  जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बिच महाकाली नदीमा पानी थुनिएको भन्ने बारे जनकारी दिन जारी गरिएको सूचना बाझिएको छ ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै ब्यास गाउँपालिकाको माल्पा भन्ने स्थानमा पहिरोका कारण महाकाली नदी थुनिएकाले तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन भनेको थियो।  तर दार्चुला प्रशासनले भने नयाँ पहिरो नगएको जनाएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय पक्षले तम्बाखुभिरस्थित सीमावर्ती क्षेत्रमा बाटो विस्तार गरिरहेकाले ढुङ्गा र माटो नदीमा खस्ने पनि पानी थुनिएको अवस्था भने नरहेको बताए। 

उनले नदीमा अवरोध हुनसक्ने अवस्थालाई ख्याल गरेर भारतीय पक्षले नै बाटो विस्तारका क्रममा माथिबाट खसेको ढुङ्गा र माटोलाई पछ्याउने काम गरिरहेको जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार भारतले यसअघि दसैँका बेला घाँटी बगर क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा पनि नदीमा ढुङ्गा, माटो खस्दा पानी थुनिने अवस्था आएको थियो ।