बैतडीमा भेटियो मनै लोभ्याउने झरना !

बैतडीमा भेटियो मनै लोभ्याउने झरना !

बैतडी । बैतडीमा मनमोहक झराना फेला परेको छ । झरनाबारे प्रचार प्रसार हुनसके पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१०, बाराकोट गाउँमा जाने खानेपानीको मुहानमाथि दशरथचन्द नगरपालिका–९, माण खोलामा झराना फेला परेको हो ।

दशरथचन्द नगरपालिका–९, माण खोलाबाट दशरथचन्द नगरपालिका–१०, बाराकोटका पाँच सय घरधुरीमा खानेपानी आउने गरेको वडाध्यक्ष गगनसिंह विष्टले बताए ।

झरानाबारे प्रचारप्रसार हुनसके पर्यटकीय गन्तव्य बन्न सक्ने वडाध्यक्ष विष्टले बताए ।उनले भने, “यो पवित्र झरना दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक संरक्षित वनबाट बगेर आउने भएकाले यसको उचित संरक्षण पनि गर्नुपर्छ । ”

बैतडी सदरमुकामको दरशथचन्द नगरपालिका–८, डुङराबाट ठाँटा हुँदै रौतगाडा पुगेपछि झरना हेर्न सकिन्छ । झरानामुनिबाट दशरथचन्द नगरपालिका–१०, बारोकोट जाने खानेपानीको मुहान भएकाले वडा नम्बर १० बाट पनि एक घण्टा पैदल हिँडेर झराना नजिक पुग्न सकिने वडा अध्यक्ष गगन विष्टले बताए ।

झरनाको बारेमा पहिलो पटक सुनेको बताउँदै सुदूरपश्चिम पर्यटन पुनरुत्थान समितिका सदस्य एवं बैतडीका होटल व्यवसायी वासुदेव भट्टले झरानाको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सबैले पहल चाल्नुपर्नेमा जोड दिए ।

झरनाको बारेमा आफूले पनि पहिलो पटक सुनेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए ।उनले झरनासम्म पुग्ने बाटो निर्माणका लागि नगरपालिकाले पनि पहल गर्ने बताए । -गोरखापत्रबाट