संवैधानिक निकायका ३८ पदाधिकारीले लिए शपथ

संवैधानिक निकायका ३८ पदाधिकारीले लिए शपथ

संवैधानिक निकायमा सिफारिश गरिएका पदाधिकारीहरुले आज बिहान शपथ लिएका छन्। 

बुधबार बिहान राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक निकायका अध्यक्षहरुलाई शपथ ग्रहण गराएका छन्। त्यसपछि संवैधानिक निकायका अध्यक्षहरुले सदस्यहरुलाई शपथ गराएका छन्।

संवैधानिक निकायमा सिफारिश भएका ४५ जनामध्ये ३८ जनाले शपथ लिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ जनाको संसदीय सुनुवाइका लागि ५ पुसमा संघीय संसद्मा पठाइएको थियो। तर, प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ हुन नसक्ने जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सिफारिसलाई फिर्ता पठाएका थिए।

संवैधानिक निकायमा सिफारिश भएका व्यक्तिहरुको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। संसदीय सुनुवाइ हुन नसकेपछि उनीहरुलाई स्वतः नियुक्त गरिएको हो।