सुदूरपश्चिममा सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप

सुदूरपश्चिममा सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा पनि सुरक्षाकर्मीलाई समेत कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले संघीय सरकारको निर्देशन बमोजिम सोमबारदेखि जोखिमयुक्त क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको जानकारी दिए। 

उनकाअनुसार सीमा क्षेत्रमा खटिने भन्सारका कर्मचारी तथा अन्य विषयगत कार्यालयका कर्मचारीलाई पनि खोप लगाउन सुरु गरिएको हो।