पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको भ्रममा नपर्न बहिर्गमित लडाकुहरुलाई आग्रह गरेका छन्।बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै हिजो आफूहरुलाई सिध्याउन खोज्नेहरुको भ्रममा नपर्ने आग्रह गरेका हुन्।
उनले भने, ‘हिजो हामीलाई सम्पूर्ण रुपमा सिध्याउन खोज्नेहरुको भ्रममा नपर्नु होला। दुःख पाए पनि, सुख पाए पनि आफ्नो भनेको आफ्नै हुन्छ। आफ्नोसँग झगडा गर्न पनि पाइन्छ। रुन नि पाइन्छ। हाँस्न नि पाइन्छ। पराईंबाट होला भन्ने ठानियो भने त्यो निकै ठूलो भ्रम हुन्छ। त्यो चाहीँ नगर्नुहोला।’केही समयअघि प्रधानमन्त्री ओलीले पूर्व लडाकुहरुलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।