अनेरास्ववियुले निकाल्यो धनगढीमा राँके जुलुस (फोटो फिचर)

अनेरास्ववियुले निकाल्यो धनगढीमा राँके जुलुस (फोटो फिचर)

धनगढी । नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बुधबार साँझ धनगढीमा राँके जुलुस निकालेको छ ।  पार्कमोडबाट सुरु भएको राँके जुलुस एलएनचोकमा समापन भएको हो ।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीहरुले जुलुस निकालेका हुन् । 'भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद' लगायतको नारासहित उनीहरुले राँके जुलुस निकालेका थिए ।

नेकपा दाहाल–नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो ।

No description available.No description available.No description available.May be an image of one or more people, people standing, outdoors, crowd and text that says 'REDM NOTE 5 PRO M DUAL CAMERA 2021/2/3 18:04'May be an image of 2 people, including Damber Bhattrai, people standing, fire and outdoors