जब धनगढीमा १० बज्यो (फोटो फिचर)

जब धनगढीमा १० बज्यो (फोटो फिचर)

धनगढी । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण बिहानै देखी बन्द सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार क्षेत्रमा १० बजे पछि भने केही फरक दृश्य देखिएको छ । अहिले बन्दको आंशिक प्रभाव रहेको छ । 

बिहान अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन चल्न नसकेको भए पनि १० बजे पछि भने कार्यालय जाने कर्मचारी, मजदुर, विद्यार्थी लगायत धनगढी बासीहरू आफ्नो दैनिकीमा लागेका छन् ।

बजार भरी बाइक, ई-रिक्सा, सरकारी कार्यालय गाडी लगायत साइकल तथा पैदल यात्रीहरू बन्दले देश बन्दैन भन्ने भावका साथ आफ्नो दैनिकीमा जानलागेको देख्न सकिन्छ । बजार भरी ठाउँ-ठाउँमा ससत्र प्रहरी, नेपाल प्रहरी तैनाथ गरिएका छन् । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले हड्तालका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए।