कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : आजै राती साढे ८ बजेदेखि मत गणना

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : आजै राती साढे ८ बजेदेखि मत गणना

धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा ८४ प्रतिशत मत खसेको छ । 

२ हजार ७ सय ४ जना मतदाता रहेको संघको निर्वाचनमा २ हजार २ सय ६१ मत खसेको निर्वाचन समितिका संयोजक यादव बहादुर भण्डारीले जानकारी दिए । 

आजै राती साढे ८ बजेदेखि मत गणना कार्य सुरु गर्ने संयोजक यादवले जानकारी दिए । 

शनिवार विहान साढे ८ बजेबाट सुरु भएको मतदान साझ साढे ४ बजे सकिएको थियो । मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा तिन प्यानलका ५० जना उम्मेद्वार चुनावी मैदानमा छन । 

संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन । 

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्धा परेपछि स्थगित भएका थियो । त्यसपछि सदस्यता छानविनपछि चुनाव हुन लागेको हो ।