कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको प्रभाव रहेको छ। हाल सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहेको छ भने बाँकी पहाडी भू-भागहरुमा आशिंक बदली साथै अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागहरु साथै सुदूरपश्चिम प्रदेशलुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का  देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का  देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।