धनगढीलाई लैङ्गिक मैत्री उप-महानगर बनाउन अभिमुखीकरण

धनगढीलाई लैङ्गिक मैत्री उप-महानगर बनाउन अभिमुखीकरण

कैलाली : धनगढीलाई लैङ्गिक मैत्री उप-महानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद् हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको आवश्यकता औल्याए।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ।