कार्यालय परिसरमै ढलेका प्रहरी निरीक्षकको मृत्यु

कार्यालय परिसरमै ढलेका प्रहरी निरीक्षकको मृत्यु

बारा । सशस्त्र प्रहरी बल, बिओपी कबहीगोठका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नारायण सिंहको मृत्यु भएको छ । एक्कासी वेहोस भएर ढलेका उनको वीरगन्जको नारायणी उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

सुवर्ण गाउँपालिकाको सन्तगन्जस्थित बिओपी कबहीगोठस्थित कार्यालय परिसरमै सिंह अचेत भएर लडेका थिए । उनी ड्युटीमा निस्कने तयारीमा रहेको जनाईएको छ । प्रहरीले भने उनको मृत्युबारे कुनै जानकारी दिएको छैन् । दार्जुला स्थायी घर भएका सिंह पाँच महिना पहिला मात्रै बिओपी कबहीगोठको प्रमुखको रुपमा सरुवा भएर बारा पुगेका थिए ।