धनगढीमा सुनका गरगहनासहित साढे ३ लाखको चोरी

धनगढीमा सुनका गरगहनासहित साढे ३ लाखको चोरी

धनगढी । धनगढीमा सुनका गरगहनासहित साढे ३ लाख बराबरको चोरी भएको छ । मंगलबार राति उप–महानगरपालिकाको शिव नगरका स्थानीय यशोदा बमको घरबाट गरगहनासहित चोरी भएको हो ।

घरमा कोही नभएको मौका छोपेर चोरले सुनका मुन्द्रा, तिलहरी, सिक्री, टप, औँठी, चाँदीका सिक्का, तामाको भाँडाकुँडा र घडी गरी करिब साढे ३ लाख बराबरको गरगहना चोरी गरेको उनका बुवा घनबहादुर बमले बताए ।

चोरले लगेका नागरिकता लगायतका कागजात भने शिव नगर नालामा फेला परको उनले बताए । चोरीको घटनाको अनुसन्धानका लागि प्रहरीले निवेदन दिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सो विषयमा अनुसन्धान भइरहेको बताए । चोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने उनले बताए ।