कैलालीको घोडाघोडीमा शुक्रवार बिहान बस र ट्याक्टर ठोकिँदा ४ जना घाइते

कैलालीको घोडाघोडीमा शुक्रवार बिहान बस र ट्याक्टर ठोकिँदा ४ जना घाइते

धनगढी ।  कैलालीको घोडाघोडीमा शुक्रवार बिहान बस र ट्याक्टर ठोकिँदा ४ जना घाइते भएका छन् । 

बस र ट्याक्टर एक आपसमा जुध्दा बस सडकमै पल्टिएको छ । ट्याक्टरमा पनि क्षति पुगेको छ । दुर्घटनामा ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । 

उनीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।