बिहीबार रातिदेखि बाजुरामा वर्षा र  हिमपात: किसान हर्षित, व्यापारी चिन्तित !

बिहीबार रातिदेखि बाजुरामा वर्षा र  हिमपात: किसान हर्षित, व्यापारी चिन्तित !

बाजुरा । बिहीबार रातिदेखि बाजुरामा वर्षा र  हिमपात भएको छ।

जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा भएको हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । भने यातायात सेवा प्रभावित भएको छ। 

बडिमालिका नगरपालिका, बुढिन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपातसँग वर्षा भइरहेको छ। 

मार्तडी कोल्टी सडक खण्ड अन्तरगत पर्ने पोरखे लेकमा भएको हिमपातका कारण यातायातका साधन सञ्चालनमा अवरोध भएको छ। तर हिमपातले किसानहरू भने खुसी भएका छन्। ढिलोगरि भएको हिमपात र वर्षाले सुक्न थालेको हिउँदे बाली सप्रिने भन्दै उनीहरू खुसी भएका हुन्।

तर त्यहाँका व्यापारी भने हिमपातले ढुवानी बन्द हुन्छ कि भनेर  चिन्तित भएका छन् ।