एमसीसी बारे नारा लगाउन रोकेको बारे प्रचण्डको प्रष्टिकरण

एमसीसी बारे नारा लगाउन रोकेको बारे प्रचण्डको प्रष्टिकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहिबार आमहड्तालका क्रममा एमसीसी बारे नारा लगाउन रोकेको बारे प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा स्पष्टीकरण दिदै प्रचण्डले पार्टीले एमसीसीको बारे कुनै निर्णय नगरेको हुनाले आफूले अहिले नारा नलगाउन भने स्पष्ट पारेका हुन् ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विरोधमा गरिएको आमहड्तालमा अन्य नारा घुसेपछि त्यसलाई रोक्नमात्र खोजेको प्रचण्डले भने, 'यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौं भनेको हो । एमसीसीबारे पार्टील औपचारिक निर्णय गरिसकेको छैन । तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जतापायो त्यतै नारा नलाउनुस भनेको हो ।'

प्रचण्डले आफू एमसीसीको समर्थनमा पनि नगरेको र नीति पनि नबदलेको भन्दै हालै अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिने बारे छलफल गरेको बताए । आफूले एमसीसीको समर्थन पनि नगरेको र अश्वीकार पनि नगरेको अवस्थामा आफु रहेको प्रचण्डले बताए ।

पत्रकार सम्मेलनमा प्रचण्डले संवैधानिक परिषदको निर्णयलाई गुण्डागर्दीको संज्ञा दिदै यसको विरुद्धको लडाईमा आफुहरुलाई सफलता मिल्ने बताए ।

प्रचण्डले संघियताले जनतालाई शासन सत्ताको मालिक बनाउछ भन्ने भएपनि यसको कार्यान्वयन नहुदै भाचिएको बताए । नेतृत्व नै संघियताको विरोधमा भएपछि अहिलेको अवस्था आएको प्रचण्डले बताए ।