प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट बहस हुँदैछ। सो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ भइरहेको इजलासमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरू पदमप्रसाद पाण्डेय, नारायण पौडेल, विश्वराज कोइरालाले बहस गरिसकेका छन्। 

बहसमा प्रधानमन्त्रीसँग प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नै दिएको तर्क गरेका छन्। राष्ट्रपति र सभामुखका तर्फबाट बहस हुन बाँकी छ। त्यसपछि रिट निवेदक पक्षले जवाफ दिनेछन्। त्यसपछि एमीकस क्युरी (अदालतमा सहयोगी) ले सुझावस्वरूप बहस गर्नेछन्।