नारायणहिटी अघिल्तिर हुने नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु

नारायणहिटी अघिल्तिर हुने नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी दरबार अघिल्तिर सडकमा केहीबेरपछि जनसभा गर्दैछ ।

अहिले काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निस्कन थालेको छ । र्‍यालीका कारण रत्नपार्क, दरबारमार्ग आसपासका क्षेत्रमा गाडी कम चलेका छन् । त्यस क्षेत्रमा चल्ने गाडीलाई अन्यत्र डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेकपा ओली समूहको वाग्मती प्रदेशले आयोजना गरेको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।